stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्राधिकरणमा उप–कार्यकारी निर्देशक राखिदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा दुई जना उपकार्यकारी निर्देशक पद थप गर्ने प्रस्ताव बीमा प्राधिकरण सञ्चालक समितिबाट पारित भएको छ ।

देशको चालु खर्च धान्न सक्ने राजस्व उठाउन नसकिरहेको बेला अर्थ मन्त्रालय मातहतको बीमा प्राधिकरणमा वार्षिक करोडौँ रुपैयाँ थप खर्च हुने गरी उप(कार्यकारी निर्देशक थप गर्न लागिएको छ।

बीमा कम्पनीहरूको प्रभावकारी नियमन तथा अनुगमनमा समस्या भएको भन्दै प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिमा दुई उप–कार्यकारी निर्देशन थप गर्न प्रस्ताव राख्दै आएका थिए,अब बल्ल त्यो व्यवस्था हुने भएको छ।

असोज २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले दुई जना विशिष्ट श्रेणीका उप–कार्यकारी निर्देशक पद राख्ने विषय समावेश भएको ओएनएम सर्भे प्रतिवेदन पास गरेको छ । विवादका कारण लामो समयदेखि रोकिएको सो प्रस्ताव पारित भएको प्राधिकरण स्रोतले बताएको छ ।

अर्थ मन्त्रालय प्रशासन महाशाखाका प्रमुख मदन दाहालले हस्ताक्षर गरेर उक्त दरबन्दी थपको विषय पारित गरिदिएका छन् । दाहाल यसअघि वैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभागमा हुँदा निकै राम्रो काम गरेर चर्चामा आएका थिए ।

प्राधिकरणमा हाल कार्यकारी निर्देशक एक जना र निर्देशक चार जना रहने व्यवस्था छ । गत वर्ष ओएनएम सर्भे गरि दुई जना उप(कार्यकारी निर्देशक थप गर्ने प्रस्ताव अघि बढाइएको थियो ।

तर एमाले निकट तत्कालीन विज्ञ सञ्चालक कपिलदेव ओलीले कुनै पनि हालतमा औचित्यहीन उप(कार्यकारी निर्देशक पद थपेर राज्यलाई भार नपार्ने अडान लिएका कारण रोकिएको थियो । उनको बीचमा पदावधि सकिएको थियो।

अहिले विज्ञ सञ्चालक सदस्य पद रिक्त छ । अर्थ मन्त्रालयका प्रतिनिधिको रूपमा गत भदौ अन्तिम साताबाट सह(सचिव मदन दाहाल बीमा प्राधिकरणको सञ्चालक बनेका छन् ।

विगत लामो समयदेखि रोकिएको ओएनएम सर्भे पास भएको छ । यसमा कर्मचारीहरू असन्तुष्ट छन। यसअघि प्राधिकरण कर्मचारी युनियनले एक सयभन्दा बढी कर्मचारीको हस्ताक्षर संकलन गरेर सञ्चालकहरूलाई बुझाएका थिए ।

अहिले त्यसरी हस्ताक्षर अभियान चलाउने दुई जना कर्मचारी थाइल्यान्ड घुम्न गएका थिए। प्राधिकरणबाट पास भएको ओएनएम सर्भेअनुसार दुई उप–कार्यकारी पद थप गर्न अर्थ मन्त्रालयले सहमति दिएमा दुई वटा गाडी, चालक,तलब भत्तासहितको वार्षिक करोडौँ भार राज्यकोषमा बढ्नेछ ।

देशको आर्थिक अवस्था कमजोर भइरहेको बेला अहिले दरबन्दी बढाउन उचित नहुने भनिरहेपनि प्रभावकारी नियमनका लागि प्राधिकरणमा जनशक्ति कम भैरहेको बताइएको छ।

प्रधानमन्त्री राहतकोषमा सहयोग गर्न निर्देशन

प्राधिकरणले प्रधानमन्त्री दैवी  प्रकोप राहत  कोषमा  रकम  जम्मा गर्न  बीमा कम्पनी निर्देशन दिएको छ । गत असोज १० देखि १२ गते सम्म अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।

prabhu mahalaxmi
kumari