citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आज २०८१असोज २० गते   अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष ०८०/८१ का लागि १०% बोनस शेयर र ५.५३% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट  नबिनभक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागि  एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत साधारण सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

 

IME Life
kumari