stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल लाइफ इन्स्योरेन्स बीमालेख नवीकरणमा ३० प्रतिशतसम्मको छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्मको छुट दिने निर्णय गरेको छ ।

बिमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखमा छुट दिने भएको हो । यही असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नवीकरण शुल्क तिरी पुनः सुचारु गरेमा सो छुट पाइनेछ ।

कम्पनीले ३ वर्षसम्मका व्यतित बीमालेखमा ३० प्रतिशत, ३ वर्षभन्दा माथिका बीमालेखमा २५ र ५ वर्षमाथिका बीमालेखमा २० प्रतिशत छुट दिने जनाएको छ ।

साथै, यस योजनामा समावेश भएका बीमालेख पुनर्जागरणको मिति १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएउको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने बताइएको छ ।

त्यस्तै, एकपटक विलम्ब शुल्क छुट लिइसकेका बिमितलाई भने बीमा अवधिभरि छुट नदिइने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari