stcnepal long ad
ime life insurance
national life
global ime bank long

गाेठाटारमा बाछाबाछीकाे संरक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । असहाय बाछाबाछी संरक्षण अभियानगाेठाटारवाट शुरु भएकाे छ । कागेश्वी मनहरा नगरपालिका वडा नम्वर -७ गोठाटार स्थित पशुपती क्षेत्र बिकास कोषको जग्गामा संचालनमा रहेको आश्रयस्थलमा ब्याप्त हिलोसंग पौंठेजोरी खेल्दै स्वयंसेवीहरु ईंटा छाप्ने कार्यमा ब्यस्त छन ।

एअरपोर्ट स्थित असहाय बाछाबाछी संरक्षण अभियानप्रति ब्यापक जनचासो र जनसमर्थन रहेको छ । गत असार २९ गते संरक्षणवादी उत्तम पुडासैनीले आफ्नो जन्मदिनका अवसरमा पिना र पिठो सहित असहाय बाछाबाछीसंग आफ्नो जन्मदिन मनाउनु भएको छ ।

यो सद्भभाव र समर्पणका धेरै धन्यबाद र बधाईकाे पात्रका रुपमा लिनु पर्दछ । असार २९ गते साँझ एअरपोर्ट स्थित असहाय बाछाबाछी संरक्षण स्थल नजिक २ वटा अत्यन्तै साना आकारका बाछाबाछीहरु पानीले निथु्रक्क भिजेको अवस्थामा फेला परेको थिए ।

कुनै ब्यक्तिले कोही नभएको मौका छोपी ती असहाय र अबोध बाछाहरुलाई ल्याएर छाडिदिएका थिए । असार २९ गते अपरान्ह काठमाडौ क्षेत्र नम्वर ३ (क) का प्रदेश माननीय छिरिङ्ग दोर्जे लामाले बाछाबाछी संरक्षण अभियान र उक्त अभियानलाई बिबादमा ल्याउन खोज्ने प्रबृत्तीका बारेमा मुख खोल्दैगर्दा कागेश्वरी मनोहरा वडा नं. ८ का वडाअध्यक्ष श्रीप्रसाद चापागाईंले बिवाद उठाएकै दिन के भयो ? भन्दै मानियले चासो ब्यक्त गर्नुभएको छ ।

असहाय बाछाबाछी संरक्षण अभियान जस्तो एउटा महान कार्यमा सामेल अभियन्ताहरुको चीरहरण गर्ने र सडकमा छाडिएका, फालिएका, दुर्घटनामा परेका अनि अत्यन्तै साना आकारका बाछाबाछीको संरक्षणमा अहोरात्र खटिने अभियन्ताहरुको भावना माथी प्रहार गर्ने प्रबृत्तीलाई एकपक्षिय रुपमा समर्थन गर्ने आदर्श ठानेका नेता तथा सामाजिक अभियन्ताप्रति दया जागेर आउँछ ।

नियोजित रुपमा महिनौंसम्मका घटनाक्रमलाई जोडेर बनाएको भिडियो क्लिपले अभियन्तालाई सचेत पक्कै गराएको छ, तर सडकमा दुर्घटनामा मारिएका अबोध गौप्राणी होस या कुकुरले लखेट्दै पछाडीबाट लुछ्दै रित्याएको अबोध बाछाबाछीको जिबन कहानी नै किन नहोस, त्यसैगरि एकैदिनमा मासुका लागि मारिएका १८ वटा अबोध गौप्राणीको हत्याको शिलशिला नै किन नहोस, त्यस्ता प्राणीको रक्षामा उठेका हातहरु अनि अहोरात्र खटिने मनहरुलाई शिथिल पार्न खोज्ने प्रबृत्तीको पक्षपोषण गर्नेहरु प्रति गुनासो होईन, उनीहरुप्रतिको बिश्वास र भरोसा टुटेको छ । स्मरणीय के छ भने असहाय बाछाबाछी संरक्षण अभियान समयको माग हो ।

निरिह र उदासिन सबै तहका सरकारको आँखा खाल्ने अभियान हो । उच्च मनोबल र अतुलनीय आत्मबिश्वास भएका ब्यक्तिहरुको साहशिक अभियान हो । यो अभियान जनस्तरबाट संचालित अभियान हो ।

आजसम्म कुनैपनि तहका सरकार र कुनै दातृ निकायको निगाहाभन्दा माथी उठेर संचालन भएको बिशिष्ट अभियान हो । कहीं घाम कहीं छायाँ भने झैं सडकमा बाछाबाछी फाल्ने मान्छेपनि छन र ती बाछाबाछीलाई उठाएर जिबन दिनेहरु पनि यही शहरमा छन ।

लुकिछिपी अबोध प्राणीको हत्या गर्नेहरु पनि छन र कुनाकाप्चामा लुकेर जिबन खोजीरहेका तीनै अबोध प्राणीलाई उठाएर जिबन दिनेहरुपनि यही शहरमा छन । आश्रयस्थलमा एउटा पुरानो जस्ता बोकेर आउनेहरुपनि छन र जस्ताले बनाएका आश्रयस्थलहरु भत्काइदिने र जलाईदिने धम्किदिनेहरु पनि छन ।

कहीं घाम कहीं पानी भनेको शायद यही हो । अत्यधिक होशियारी अपनाउँदै अबोध बाछाबाछीको संरक्षण अभियानलाई अरु तिब्रता दिने हाम्रो अठोटमा सबैको साथ र सहयोगको अपेक्षा गरिएकाे छ ।

IME Lifesidebar
kumari