stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ। यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बैंकले जनाएको छ।

पोष्टम एप, पोष्टम इन्फोसिसद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम मार्फत मोनिटाइज गर्न सक्नेछन ।

यो एप मार्फत सृजनाकर्ताहरूले बिभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक , रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन ।

यसरी सामाग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउँनेछ । प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन ।

यस सहकार्यले सृजनाकर्ताहरूलाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari