रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरीे आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल गरेका थिए।
सभाले सञ्चालक समितिको आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।
साथै, सो सभाले कम्पनीको प्रबन्ध पत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्ध पत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीले २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा र उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब रजारी पूँजी २ अर्ब१० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने रकम ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको कम्पनीले जनाएको छ ।


























