citizens life insurance long ad
stcnepal long ad

‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’को अध्यक्षमा गभर्नर अधिकारी चयन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’ को अध्यक्ष चयन भएका छन् ।

उक्त संस्थाको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएसँगै गभर्नर अधिकारी अध्यक्ष चयन भएका हुन् ।

मध्य अमेरिकी देश एलसाल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर २०२४ देखि जारी ‘एलायन्स फर फाइनान्ससियल इक्लुजन’ ग्लोबल पोलिसी फोरमको जारी बैठक अन्तर्गत बुधबार आयोजित पाँचौँ साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ लिडर राउन्ड टेबुलका क्रममा अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो ।

गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई उपाध्यक्ष चयन गरेको छ ।

यसअघिको नेतृत्व मालदिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेडसीमा भएको ग्लोबल पोलिसी फोरमको १२औँ बैठकका क्रममा उक्त फोरम स्थापना भएको थियो ।

नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंक उक्त सञ्जालमा आबद्ध छन् ।

IME Life
kumari