stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दोस्रो ग्यास्ट्रोएन्टेरोलोजिस्ट अन्तर्राष्ट्रिय सम्मेलन शुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेप्लिज ग्यास्ट्रोएन्टेरोलोजिस्ट सोसाइटी ९एनएसजी०को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

दुई दिने ‘दोस्रो एनएसजीकन २०२४’ सम्मेलन आजबाट काठमाडौंको बुढानिलकण्ठ स्थित होटल लेमन ट्री प्रिमियरमा शुरु भएको हो ।

सोसाइटीका संस्थापक सदस्य डा महेश खकुरेलले समाजलाई आवश्यक पर्दा एकेडेमिक तथा व्यवसायीक हितका लागि आफु सधै तयार रहेको बताए ।

सोसाइटीकी अध्यक्ष डा रमिला श्रेष्ठले सम्मेलनका लागि आ९आफ्नो जिम्मेवारी पुरा गर्ने सोसाइटीका सदस्यहरुलाई धन्यवाद व्यक्त गरिन् ।

सम्मेलनका अर्गनाइजिङ चियर्स तथा सोसाइटीका महासचिव प्राडा भुपेन्द्र कुमार बस्नेतले पहिलो सम्मेलन २०१४ मै सम्पन्न गरिएको भए पनि लामो समय पछी दोस्रो सम्मलन आयोजना गरिएको बताए ।

दुई दिनमा १० भन्दा बढी अनुसन्धान प्रस्तुतिका सत्रहरु सहित प्यानल छलफल तथा कि निट स्पिच समेत रहेने सोसाइटिका महासचिव डाक्टर बस्नेतले जानकारी दिए।

सम्मेलनको वेस्ट पोस्टर अवार्डबाट २५ हजार सहित डा मनोज लम्साल पुरस्कृत भएका थिए भने २५ हजार सहितको वेष्ट प्रिजेन्टर अवार्डबाट डा प्रदीप कुमार काफ्ले पुरस्कृत भएका थिए ।

सम्मेलनकै अवसारमा सोसाइटीलाई डा ईश्वरलाल श्रेष्ठ फाउन्डेसनले ३ लाख सहयोग गरेको छ भने प्राडा महेश खकुरेलले शैक्षिक उत्थानकालागी एक लाख समाजलाई हस्तान्तरण गरेका थिए ।

 

prabhu mahalaxmi
kumari