citizens life insurance long ad
stcnepal long ad
national life

एक वर्षमा ४ सय ७ जना विदेशी नेपालबाट निष्कासित

Prabhu Insurance Long Ad

काठमाडौँ ।  एक वर्षको  अवधिमा  नेपालबाट ४ सय ७ जना विदेशी नागरिक निष्कासित भएका छन् । वि.सं. २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा अध्यागमन विभागले ४ सय बढी विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको हो ।

नेपालमा आएर विभिन्न अपराध गरी जेल सजाय भुक्तान गरेका, भिसा अवधि सकिएर पनि गैरकानुनी रूपमा बस्दै आएका, एउटा प्रयोजनमा भित्रिएर अरु नै गतिविधिमा संलग्न रहेकालाई कसुरको मात्रा हेरी २ वर्षदेखि १० वर्षसम्म पुनः नेपाल आउन नपाउने गरी निष्कासन गरिएको विभागले जनाएको छ ।

निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । विभागका अनुसार १ वर्षमा निष्कासित ४ सय ७ मध्ये १ सय ७६ जना चिनियाँ छन् ।

यो कूल निष्कासनको करिव ४४ प्रतिशत हो । नेपालमा अध्यागमन कानुन उल्लंघन गर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन कानून उल्लंघनसहित लागूऔषध, यौन बन्यजन्तुको अवैध ओसारपसार, विद्युतीय अपराध, ठगी, गैरकानुनी रूपमा धर्मप्रचारप्रसार, यौन दुराचार लगायत गतिविधिमा विदेशी नागरिकको संलग्नता देखिएको छ ।

himalayan life insurance
igi long