stcnepal long ad
ime life insurance
national life
global ime bank long

‘आँखा’को टिजर सार्वजनिक, फिल्म असोज ११ गतेबाट प्रदर्शन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र यसलाई सरकारले हेर्ने दृष्टिकोणलाई मार्मिक ढंगले चित्रण गरेको छ ।

केही समयअघि काठमाडौंका विभिन्न नदी किनारमा टहरो बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरुको संरचनालाई महानगरले बलपूर्वक हटाउन प्रयास गर्दा उत्पन्न झडप र आन्दोलनको स्मरण टिजरले गराउँछ । वर्षौंदेखि सरकारका लागि टाउको दुखाइको विषय बनेको सुकुम्बासी व्यवस्थापनको मुद्दालाई फिल्मले उठाएको छ ।

टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ । टिजरको अन्त्यमा एउटा संवाद राखिएको छ, यिनीहरुले गर्दा यो सहर गन्हाइसक्यो ।’

निर्देशक जोन योन्जनले यसको कथा, पटकथा लेखन र निर्देशन आफैं गरेका छन् । निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेपिरहेको यतिबेला ज्वलन्त मुद्दालाई फिल्मको कथावस्तु बनाएका छन् ।

टिजरमा चलचित्रका सबै प्रमुख कलाकारलाई परिचय गराइएको छ चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहता यसै चलचित्र मार्फत् डेब्यु गर्दैछन् ।  उनले  यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए ।

रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए ।

उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए ।

इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओकर्सप दिएका थिए ।

ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो ।

सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ । आरआर फिल्म्सले यसको वितरण गर्दैछ । पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । यो फिल्म असोज ११ गतेबाट प्रदर्शन हुँदैछ ।

टिजर: https://www.youtube.com/watch?v=fKfxM9_t6Zo

IME Lifesidebar
kumari