stcnepal long ad
ime life insurance
global ime bank long

सहकारी छानबिन समितिले लियो हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पौडेलसँग बयान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पुष्पराज पौडेलसँग बयान लिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसँग सोधपुछ गरेको हो ।

तत्कालीन अवस्थामा हाम्रो ग्रुप अफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करोडौँ ठगी गरेको थियो । ठगी प्रकरणपछि पौडेल हाम्रो ग्रुप अफ कम्पनीबाट बाहिरिएपछि सोही कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी) को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।

पौडेल आफूलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ता रुपमा चिनाउँदै आएका छन् । बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

कार्यादेश अनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताए । सहकारी बचत रकम दुरुपयोगको छानविन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो ।

prabhu mahalaxmi
kumari