citizens life insurance long ad
stcnepal long ad

सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राखे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २९ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने उल्लेख छ । कार्यालयका अनुसार कालोसूची १ देखि ३ वर्षसम्मका लागि राखिएको छ

IME Life
kumari