citizens life insurance long ad
stcnepal long ad

क्लासिक फिटनेसद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कमलपोखरीस्थित क्लासिक फिटनेस एकेडेमी नेपालले फिटनेश तथा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

नागपोखरीस्थित आरन्य बुटिक होटलमा एक कार्यक्रमबीच एकेडेमीले फिटनेस तथा विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको हो ।

फिटनेश क्षेत्रलाई वैज्ञानिक र व्यवस्थित ढंगबाट दक्ष फिटनेस प्रशिक्षक उत्पादन गर्ने क्लासिक एकेडेमीको मुख्य उद्देश्य रहेको सञ्चालक रोजल शाहीले बताए ।

सोहीअनुरुप फिटनेश क्षेत्रका सफल र अग्रज व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष विजयलाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेश राजभण्डारी, काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदी, ललितपुर शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष प्रज्वलमान शाक्य, भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष ज्ञानेन्द्र मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।

यस्तै, व्यायाम व्यवसायी संघ काठमाडौंका अध्यक्ष शोभा गुरुङ, नेपाल उद्योग वाणिज्य संघ, काठ्माडौंका कार्यकारी सदस्य एवं आईआईएफटी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पा र युवा व्यवसायी तथा केज फिटनेश सेन्टरका संचालक उज्वलकृष्ण श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमका सञ्चालक एवं बरिष्ठ सल्लाहकार राज शाही थिए भने प्रशिक्षणको आकर्षणको रुपमा भारतका दक्ष प्रशिक्षक डा। चिराग सेठी र भावना गुप्ता थिए । प्रशिक्षणको विषय ‘इफेक्ट अफ हरमोनेश अल एक्सरसाइज एण्ड पर्फमेन्स र रोल अफ फिटनेश प्रोफेशनल’ रहेको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्रशिक्षण संस्थाको रुपमा रहेको क्लासिक फिटनेस एकेडेमी अमेरिकन काउन्सिल एक्सरसाइजबाट मान्यता प्राप्त संस्था हो । क्लासिक फिटनेस एकेडेमी नेपालले नेपालमै पहिलोपटक यस्तो प्रशिक्षण सञ्चालन गरेको रोजल शाहीले बताए । यस्ता अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणले बेरोजगारी समस्यासमेत केही हदसम्म हल गर्ने उनको भनाइ छ ।

IME Life
kumari