stcnepal long ad
ime life insurance
global ime bank long

शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत

अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोड डलरले बचतमा थियो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ, । आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा मुलुकको शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थाबारे प्रतिवेदन अनुसार अमेरिकी डलरमा तीन अर्ब २० करोडले बचतमा रहेको छ ।

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २४ अर्ब ९० करोड रुपियाँले बचतमा थियो । अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोड डलरले बचतमा थियो । समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३९ करोड रुपियाँले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको छ ।

११ महिनामा १३ खर्ब बढी रेमिट्यान्स

चालु आवको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । जुन १९.३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई नौ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।

विनिमय सञ्चितिमा २७.८ प्रतिशत वृद्धि

विवरण अनुसार अघिल्लो वर्ष असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५।७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई दुई खर्ब १४ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

१५.१ महिनाको वस्तु आयात धान्ने विनिमय सञ्चिति

आव २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

गत जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत छन् । अघिल्लो वर्षको असार मसान्तमा यी अनुपात क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

वस्तु निर्यात तीन प्रतिशतले कमी

आव २०८०/८१ को ११ महिनामा कुल वस्तु निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३९ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ ।

prabhu mahalaxmi
kumari