stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्ब गरेको जनाएको छ ।

बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचार संहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

क्यानले भनेको छ– ‘एसीसीको कार्यक्रमअनुसार जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा सञ्चालन हुने वुमन्स टी–२० एशिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हालः काठमाडौँमा सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविर दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टीम व्यवस्थापक र टीम प्रशिक्षक माथी गरेको अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानविन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरियो ।’

prabhu mahalaxmi
kumari