stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

आज देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

prabhu mahalaxmi
kumari