stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने

राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियम कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोड मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिक वापतको सटही सुविधा पाउँछन् ।

यसअघि कार्डबाट मात्रै भुक्तानी गर्न मिल्नेमा अब क्यूआर कोडमार्फत पनि भुक्तान गर्न सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआर लगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुने केन्द्रीय बैंकले जनाएको छ ।

रेमिट्यान्स रकम पनि इ–बैंकिङ, मोबाइल बैंकिङ, अन्तर बैंक भुक्तानी र क्यूआर कोडमार्फत् भित्र्याउन सकिने भएको छ ।

रेमिट्यान्स रकम विदेशी विनियमको कारोबार गर्न इजाजत नलिएका वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले पनि प्राप्त गर्न सक्ने भएका छन् । यस्तो रकम नेपाली सेटलमेन्ट बैंकमार्फत् नेपाली रुपैयाँमा मात्र प्राप्त गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari