stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बैङ्कहरूका लागि अग्राधिकार सेयर जारी गर्ने बाटो खुला

नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूका लागि विभिन्न सर्त सहित अग्राधिकार सेयर जारी गर्ने बाटो खोलि दिएको हो ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पुँजी कोष दबाबमा रहेका कारण पुँजी कोष बढाउने विकल्प दिनुपर्ने माग गरिरहेका बैङ्कका लागि अग्राधिकार सेयर जारी गर्ने बाटो खुलेको छ ।

नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूका लागि विभिन्न सर्त सहित अग्राधिकार सेयर जारी गर्ने बाटो खोलि दिएको हो । नोक्सानी भएका बैङ्कलाई पनि ऋणपत्र जारी गर्न दिने, दायित्व नपर्ने तर पुँजीमा गणना गर्न पाइने सेयर जारी गर्न दिने सुविधा ल्याइएको हो ।

राष्ट्र बैङ्कले चुक्ता पुँजीको दबाब कम गर्न मिल्ने गरी यस्तो सुविधा दिएको हो । अब चुक्ता पुँजीको पाँच प्रतिशतसम्म सञ्चित नोक्सानी रहेका बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋणपत्र जारी गर्न पाउने भएका हुन् ।

राष्ट्र बैङ्कले बुधबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सञ्चित नोक्सानी शून्य बनाएपछि मात्रै ऋणपत्र जारी गरिने व्यवस्था थियो ।

बैङ्क तथा वित्तीय संस्थालाई दायित्व नपर्ने तर पुँजी कोषमा गणना गर्न मिल्ने किसिमको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिइएको छ ।

यस्तो सेयर पुँजी कोषमा गणना हुने भएकाले बैङ्क तथा वित्तीय संस्थालाई पुँजी कोषको अनुपात पु¥याउन सहयोग हुन्छ । साथै यस्तो सेयरधनीलाई वित्तीय सङ्कटका कारण लाभांश नदिने अवस्था सिर्जना भएमा दिनैपर्ने बाध्यता हुँदैन ।

अग्राधिकार सेयर लिनेहरूलाई मताधिकार पनि नहुने भएकाले बैङ्क तथा वित्तीय संस्थाले बिनाव्यवस्थापकीय हस्तक्षेपमा पुँजीको उपयोग गर्न पाउँछन् ।

क्युआरबाट अन्तरदेशीय भुक्तानी

अब नेपाली वाणिज्य बैङ्क तथा विकास बैङ्कमार्फत क्युआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था भएको छ । राष्ट्र बैङ्कले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका विकास बैङ्कमा खोलेको बैङ्क खाता मार्फत यस्तो सुविधा पाउने भएका छन् ।

राष्ट्र बैङ्कले गरेको सुविधा अनुसार भारतीय बैङ्क तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन १५ हजार भारु र प्रतिमहिना एक लाख भारु जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा (पर्सनल पेमेन्ट वा पिटुपी ट्रान्सफर) प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari