stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन बचत वृद्धि योजना ल्याउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको छ । यो स्थायी बीमा योजना हो ।

यो योजनामा सरिक हुनको लागि न्यूनतम १८ बर्ष र अधिकतम ५५ बर्ष उमेर समूहका व्यक्तिले सहभागी हुन पाउन सक्नेछन् । ७० बर्षमा बीमा योजनाको म्याचुरीटी हुने व्यवस्था रहेको छ।

जसमा १० बर्ष भन्दा कम अवधिको बीमा लिन नपाईने भएको छ। यो बीमा योजनामा बर्षको १२ हजारभन्दा कम प्रिमियम तिर्न नपाउने भएको छ ।

न्यूनतम अवधि १० बर्ष रह्नेछ । बीमितले बीमा प्रिमियमको रकम मासिक, अर्धबार्षिक र बार्षिक रुपमा बीमितले बुझाउन पाउने वयवस्था रहेको छ।

कम्पनीले बीमितमैत्री बीमा योजना ल्याउन लागिएको बुझिएको छ । कम्पनीले बीमा आईतबारदेखि सार्वजनिक गर्ने तयारीमा रहेको बीमा योजनाको अभिकर्ताहरुलाई भने जानकारी दिएको छ।

यो बीमा योजनामा उमेरको हदको कारण प्रिमियम मंहगो नपर्ने भएको छ। यसअघिको अभ्यासमा उमेर हदको आधारमा प्रिमियम मूल्य फरक पर्ने अवस्था थियो । यसमा भने उमेर हद नलाग्ने समान प्रिमियम मूल्य लाग्ने भएको छ।

त्यस्तै, जति अमाउन्टको बीमा हो। सो आधारमा नै बीमा हुने गर्दथ्यो । सिटिजन बचत वृद्धि योजनामा सिंगल प्रिमियम मूल्यको हकमा भने बीमितले तिरेको रकममा १।२५ गुणाको बीमांक रकमको बीमा हुने भएको छ।यो योजनामा ३० हजारभन्दा तलको सिंगल प्रिमियम मूल्यमा बीमा गर्न नपाईने यो व्यवस्था रहेको छ।

यस बीमा योजनामा ऐच्छिक सामान्य मृत्यु भएमा ८ औं बर्षमा मृत्यु भएको खण्डमा अकाउन्ट भ्यालुमा ब्याज दिने भएको छ। बीमांक रकम पाँउछ । जुन रकम बढी हुन बीमितले सो मात्राको रकम पाउनेछन् ।

prabhu mahalaxmi
kumari