stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पहिलोपटक युरो कपमा सहभागि जर्जिया टर्कीसँग पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पहिलोपटक युरो कपमा सहभागी जर्जिया आफ्नो पहिलो खेलमा टर्कीसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३–१ ले पराजित गरेको हो।

२५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो । लगत्तै जर्जियालाई बराबरी गर्‍यो । ​३२औं मिनेटमा जर्जेस मिकाउताड्जेले जर्जियाका लागि बराबरी गरेका थिए । टर्कीले पुनः अग्रता लिन भने दोस्रो हाफ कुर्नु पर्‍यो ।

६५औं मिनेटमा टर्कीले अग्रता लियो । आर्दा गुलेरले टर्कीलाई पुनः अग्रता दिलाएका थिए । टर्कीले इन्ज्युरी समयको अन्तिमतिर गोल गर्दै जित सुनिश्चित गर्‍यो । केरेम आक्तुरकोग्लुले टर्कीका लागि तेस्रो गोल गरे ।

prabhu mahalaxmi
kumari