stcnepal long ad
ime life insurance
national life
global ime bank long

ओमोडा ई–फाइभ किन्दा एक लाख पाँच हजार रुपैयाँ एक्सचेञ्ज बोनस पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको अग्रणी विद्युतीय गाडी ईभी ब्रान्ड ओमोडा ले नयाँ एक्सचेन्ज अफर (योजना) ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा इ–फाइभ विद्युतीय गाडी खरिद गर्दा रु १.५ लाखको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । थप रूपमा, ब्रान्डले प्रत्येक खरीदमा ग्राहकहरूलाई ७ किलोवाट चार्जर पनि प्रदान गरिरहेको छ।

यो योजनाअवधीभर ओमोडा ईभीको सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन् ।

ब्रान्डले चालु आर्थिक वर्षको लागि सडक कर (रोड ट्याक्स)मा पूर्ण छुट दिनेछ । साथै, प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर निस्शुल्क मिल्नेछ ।

सिमित स्टकका ओमोडा इ(फाइभ गाडीहरू जम्मा ६१.९९ लाखको उत्कृष्ट प्रि–बजेट मूल्यमा उपलब्ध छन् ।

यसबाहेक, ग्राहकहरू थप नगद छुट (क्यास डिस्काउन्ट) बाट लाभान्वित हुनेछन् भने प्रत्येक खरिदमा निस्शुल्क टि–बक्स पनि समावेश हुन्छ, जसले गाडीको कनेक्टिभिटि र कार्यक्षमतालाई बढाउँदछ ।

एसपिजि अटोमोबाइल्स प्रालिमिटेडका प्रबन्ध निर्देशक गौरव शारडाले बजारको मागप्रति ब्रान्डको तदारुकता व्यक्त गर्दै भन्नुभयो, “गत फेब्रुअरीमा सार्वजनिक गरेदेखि नै ओमोडा इ–फाइभ प्रति नेपाली बजारले देखाएको सकारात्मक प्रतिक्रियाबाट हामी निकै प्रेरित छौं ।

यसै अन्तर्गत ओमोडा गाडी खरिद गरी विद्युतीय सवारी साधनहरूतर्फ ‘अपग्रेड’ हुन चाहने नेपालीहरूका लागि यो अफर प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ ।

हामीले सबै नेपालीलाई दिगो सवारी साधनतर्फ उन्मुख गराउन र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र आकर्षक सुविधाहरू प्रदान गरी सहयोग पुर्याईरहेका छौं ।”

ओमोडा इ–फाइभ, नेपालमा ईभी खरिदकर्ताहरूका लागि उत्कृष्ट एक्स्टेरियर डिजाइन, आधुनिक सेक्युरिटि (सुरक्षा) सुविधाहरू र ड्राइभिङ अनुभवलाई स्तरोन्नती गर्ने प्रविधिहरूका साथ शीर्ष रोजाईको रूपमा रहिआएको छ । योजनामा केही सर्त तथा नियमहरू लागू हुनेछन् ।

ओमोडा इ(फाइभको सीमित स्टक रहँदासम्म यो योजना लागू हुनेछ । आफ्नो पुरानो गाडीलाई एक्सचेन्ज गरी थप लाभहरूको मज्जा लिँदै न्यूनतम लागतमा नयाँ गाडी लिने यो एउटा सुनौलो र उपयुक्त अवसर हो ।

एसपिजि अटोमोबाइल्स, यी सुविधाहरूको लाभ लिन सम्पूर्ण नेपाली सवारी ग्राहकवर्ग तथा इभि प्रति चासो राख्नेहरूलाई नजिकको ओमोडासोरूममा सम्पर्क गर्न अथवा भिसिट गर्न आह्वान गर्दछ ।

एसपिजि अटोमोबाइल्स प्रालिको बारेमा – एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा र जेइको अटोमोबाइल्स को लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।

IME Lifesidebar
kumari