stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

हायर पर्चेज कर्जाको विवरण पेस गर्नुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हायर पर्चेज कर्जा दिने कम्पनी सम्पत्ति शुद्धीकरण निवारण विरुद्ध गतिविधिमा रहेको पाइएमा कारबाहीको दायरामा आउने भएका छन् । अबदेखि हायर पर्चेज कर्जा दिने कम्पनीले शङ्कास्पद कारोबार र सीमाभन्दा माथिको कारोबार वित्तीय जानकारी एकाइमा रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैङ्कले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी पहिलो पटक नीतिगत व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले हायर पर्चेज कर्जा दिने कम्पनीलाई परिपत्रमार्फत सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

राष्ट्र बैङ्कको नयाँ व्यवस्था अनुसार सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधि भएको पाइए हायर कम्पनी र त्यहाँ कार्यरत कर्मचारी तथा पदाधिकारीलाई १० लाखदेखि पाँच करोड रुपियाँसम्म जरिबाना लाग्ने सर्कुलरमा उल्लेख छ ।

हायर पर्चेज कर्जा दिने कम्पनीले एक दिनमा १० लाख र एक वर्षमा ३० लाखभन्दा बढीको हायर पर्चेज कर्जा लिने ग्राहक विवरण वित्तीय जानकारी एकाइमा पेस गर्नुपर्ने राष्ट्र बैङ्कको सर्कुुलरमा उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार अब हायर पर्चेज कर्जा दिने कम्पनीले एकै पटक वा पटक पटक गरी एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख वा त्यसभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिए कारोबार भएको मितिले १५ दिनभित्र ‘गो एएमएल’ सफ्टवेयरमार्फत वित्तीय जानकारी एकाइमा सूचना उपलब्ध गराउनुपर्ने भएको छ ।

prabhu mahalaxmi
kumari