stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दाल गेडागुडी आयातमा लगाएको करले राज्यको अर्बौ राजस्व गुम्छः चामल तेल दाल उद्योग संघ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल चामल तेल दाल उद्योग संघले दाल उद्योगको कच्चा पदार्थ ृदाल गेडागुडी) आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेको प्रति ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष कुमुद दुगडले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताए ।

बजेटका समग्र पक्ष स्वागतयोग्य देखिएपनी नेपालीको भान्छामा दैनिक प्रयोगहुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री बितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ ९दाल गेडागुडी० आयातमा आयकर बढाउनुमा संघले आपत्ति जनाएको हो ।

‘कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसंग प्रतिस्पर्धा गर्न नसकी यहांको उद्योग बन्द हुने भएको छ ।

कच्चा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा स्वदेशी उद्योग क्गचखष्खभ गर्न नसकिने भएको छ । हाल मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ ।

यो संगै अतिरिक्त १० ५ अग्रिम आयकर भंसारमै बुझाउने ब्यवस्था गरेको छ । यसरी कर माथी कर थपिंदा दाल गेडागुडी महंगो हुने जानकारी गराउन चाहन्छौ’ विज्ञप्तिमा भनिएको छ ।

नेपालमा करीब ३५ बटा दाल उद्योग संचालनमा रहेको र दाल उद्योगमा लगभग ३५ अरबको लगानी छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाईरहेकाछन् । नेपाल सरकारलाई निरन्तर कर बुझाई राजश्वमा पनी योगदान दिंदै अएको छ ।

कुनै उद्योगलाई १० प्रतिशत अग्रिम आयकर लगाउने सरकारको मनसाय नभएर दाल उद्योगमा त्रुटीपूर्ण अग्रिम आयकर थपिएको संघको भनाइ छ ।

एचएस कोड ०७१३ मा खान हुने बनस्पति र केही जराहरु र गानाहरु भएकोमा आलु प्याजहरु यस्तै हार्मोनिक कोड संगै भएकोले दालमा पनी त्रुटीपुर्ण त्यही लाईनमा समाबेस भएको हुन सक्ने कुरा संघले बताएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कच्चा दालमा १० प्रतिशत अग्रिम करको नीति उपयुक्त देखिदैन किनभने एकातर्फ सरकारले खुद नाफामा २० प्रतिशत सिमित गरीरहेको छ भने अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्युनतम खुद नाफामा ५० प्रतिशत हुनु पर्ने देखिएको बताए ।

यो अवस्थामा अब कसरी उद्योग चलाउने । आफ्नो सम्पूर्ण पूंजिनै अग्रिम आयकरको रुपमा जम्मा भई उद्योग संचालन गर्न नसक्ने हुंदा उद्योग बन्द हुने अवस्था सिर्जना हुन्छ ।’
कच्चा दालमा १० प्रतिशत अग्रिम आयकर लगाउदा :
१, खुला सिमानाको फाईदा उठाई अबैध आयातले प्रोत्साहन पाउछ ।
२, अनाधिकृत तबरबाट दाल भित्रिदा सरकारको राजश्व गुम्छ ।
३,रोजगारीमा प्रत्यक्ष असर पर्छ ।
४, अरबौको स्वदेशी लगानी डुब्ने सम्भावना छ ।
५, स्वदेशी दाल उद्योग बन्द हुंदा आयातित दालमा भर पर्नु पर्ने र उपभोक्ताले गुणस्तरिय दाल खान नपाउने ।
६, अतिरिक्त महसुलले दालको मुल्य बढछ र यसले मुद्रास्फिर्तिमा प्रत्यक्ष असर पर्न जान्छ ।
स्वदेशी दाल उद्योगले १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुंदा उद्योग बन्द हुने निश्चित रहेको बताए । यसले देशको औद्योगिक क्षेत्रमा दिर्घकालिन असर पर्ने हुंदा कच्चा दालमा लागेको अग्रिम आयकर खारेजि गरी दिन संघको अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari