stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असार २४ गते रातो मच्छिन्द्रनाथको रथारोहण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । असार २४ गते वर्षा र सहकालका देवता’  मच्छिन्द्रनाथको रथारोहण  हुने भएको छ । ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै  ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।

जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् ।

विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने अहिले सम्म टुङ्गो लागि सकेको छैन ।
हरेक वर्ष वैशख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन रहेको छ । यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रा पछि भोटो जात्रा जात्रा देखाइने गरिन्छ ।

prabhu mahalaxmi
kumari