citizens life insurance long ad

प्रविधि विकासमा निजी क्षेत्रको सहभागितामा जोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी विस्तार बिना सूचना प्रविधिको पहुँच बढ्न नसक्ने भएकाले निजी क्षेत्रको लगानी अपरिहार्य हुने उनीहरूको मत छ ।

नेपाली दूरसञ्चार सेवा प्रदायक सहित सूचना प्रविधिका सरोकारवालासमेत सम्मिलित हुवावे डिजिटल तथा इन्टेलिजेन्ट एपेक कार्यक्रमका क्रममा डिजिटल प्रविधिको विकास र प्रयोग प्रवर्धन गर्न निजी क्षेत्रबिच विभिन्न स्वरूपमा सहकार्य विस्तार गर्न उनीहरूको सुझाव थियो ।

थाइल्यान्डको राजधानी बैङ्ककमा हालै सम्पन्न दुईदिने सो सम्मेलनमा सूचना प्रविधि तथा डिजिटल बुद्धिमताको विकास र उपयोगितामा एसिया प्रसान्त क्षेत्रले डिजिटल प्रविधिको विकास र उपयोगितामा नेतृत्वदायी भूमिका खेल्न सक्ने सम्भावना रहेको औँल्याइएको छ ।

हुवावे र आसियन फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा एसिया प्रसान्त क्षेत्रमा १५ मुलुकका दुई हजारभन्दा बढी सरकारी अधिकारी, विज्ञ साझेदार र विश्लेषकहरूको सहभागिता थियो ।

सहभागीले विभिन्न सत्रमा डिजिटल बुद्धिमत्तापूर्ण एसिया–प्रशान्त क्षेत्र निर्माण गर्ने विधिबारे छलफल भएको थियो ।

सम्मेलनमा थाइल्यान्डको डिजिटल अर्थतन्त्र र समाजमन्त्री प्रसर्ट जन्तारारुआङटोङले डिजिटल अर्थतन्त्रलाई थाइल्यान्डको विकास गर्ने मुख्य इन्जिनका रूपमा स्थापित गर्ने प्रयास भइरहेको र यो अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने औँल्याउनुभयो ।

“एसिया–प्रशान्त क्षेत्र डिजिटल अर्थतन्त्रको स्वर्ण युगमा छ,” उहाँले भन्नुभयो, “यस क्षेत्रका मुलुकले डिजिटल विकासलाई बढावा दिँदै सक्रिय रूपमा बौद्धिकताको अन्वेषण गरिरहेका छन् ।”

निजी क्षेत्रको सहकार्य विस्तारलाई महत्वपूर्ण स्थान दिँदै आएको हुवावेले एसिया प्रशान्त क्षेत्रमा मात्र एक लाख उद्यम साझेदारको डिजिटल रूपान्तरणमा सहयोग गर्दै आएको छ ।

उसले निरन्तर प्राविधिक आविष्कारमार्फत एसिया प्रशान्त क्षेत्रमा नेटवर्क र डाटा सेन्टरका पूर्वाधारहरू निर्माण गर्न भूमिका खेल्दै आएको छ ।

हुवावेका वरिष्ठ उपाध्यक्ष तथा हुवावे इन्टरप्राइज सेल्सका अध्यक्ष लिओ चेनले एसिया प्रशान्त क्षेत्र डिजिटल र  इन्टेलिजेन्ट  अर्थतन्त्रमा  अग्रणी र प्रगतिशील रूपमा अगाडि बढिरहेको टिप्पणी गर्नुभयो ।

“डिजिटल र बुद्धिमतासम्बन्धी पूर्वाधारले नेटवर्क, भण्डारण, कम्प्युटिङ क्लाउडलगायत विभिन्न उद्योगको उत्पादकत्वको सम्भावनालाई थप उजागर गर्न हुवावेले आफ्नो क्षमता प्रयोग गर्न तयार छ,” उहाँले भन्नुभयो, “हाम्रो प्रविधि, सिप र क्षमता प्रयोग गर्न र साझेदारसँग मिलेर आमउपभोक्ताका लागि थप सुविधा सिर्जना गर्न हामी तत्पर छौँ ।”

IME Lifesidebar
kumari