stcnepal long ad
global ime bank long

नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ ।

दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले ५८ जना युवा जेठको दोस्रो साताभित्र इजरायल उडान गर्ने गरी भिसा जारी भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवा इजरायलमा रोजगारीका लागि जान थालेका हुन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले भिसा प्राप्त भएका ५८ युवालाई इजरायल जाने तयारी गर्न सूचना जारी गरिसकेको जानकारी दिनुभयो ।

विभागका अनुसार इजरायलका विभिन्न केयरगिभरमा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित भिसा तथा करार सम्झौता धमाधम हुन थालेको छ ।

इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर कोटाका सम्बन्धमा छलफल गर्ने जनाउँदै आएको छ । हाल इजरायलमा जिटुजीमार्फत गएका एक हजार १०५ नेपाली कार्यरत छन् ।

घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् ।

सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो ।

नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

IME Lifesidebar
kumari