stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कुमारी बैंक र निको बाल अस्पताल प्रा.लि. बीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको बाल अस्पताल बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा QR द्वारा गर्दा १५% छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

prabhu mahalaxmi
kumari