stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ६, ७, ८, ९, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा नगरपालिका क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागीता सहित विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखित क्षेत्रका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनले सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहकारी विभागका अधिकृत हरि पौडेल ले सदस्यमाझ सहकारीताको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरि कार्यक्रमका प्रमुख प्रशिक्षक, राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत नवकुमार अधिकारी ले सहकारीको विकासक्रम, सहकारीले समाज परिवर्तनमा खेल्न सक्ने भूमिका, सदस्य तथा सञ्चालक हरुले संस्थामा पुर्याउनु पर्ने भूमिका तथा योगदानको बारेमा चर्चा गर्नुभयो ।

साथै प्रशिक्षक अधिकारीले बचतको महत्व तथा यसको परिचालन र ऋणको परिचालन सहित उद्यमशिलतामा सदस्यले खेल्न सक्ने भूमिका लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गर्नुभएको थियो ।

prabhu mahalaxmi
kumari