stcnepal long ad
global ime bank long

नौ महिनामा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर नेप्सेमा सुचिकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत ८ अर्ब २७ करोड शेयरको चुक्ता मूल्य रु.८१९ अर्ब ५४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु.८४ अर्ब ९९ करोड बराबरको साधारण शेयर, रु.१९ अर्ब ४० करोड बराबरको बोनस शेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर, र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१२२ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

२०७९ चैत्र मसान्तमा १९३४.४८ रहेको नेप्से सूचकाङ्क २०८० चैत्र मसान्तमा २०२५.७१ कायम भएको छ । २०८० चैत्र मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.३२१२ अर्ब १ करोड कायम भएको छ ।

२०७९ चैत्र मसान्तमा बजार पुँजीकरण रु.२८१८ अर्ब ६१ करोड रहेको थियो । २०८० चैत्र मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०७९ चैत्रमा सूचीकृत कम्पनीहरूको संख्या २४८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ

IME Lifesidebar
kumari