stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ ।

बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरूको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने सङ्कल्पमा १५ वर्षसम्म अनवरत रूपमा सहयात्रा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको बैंकले जनाएको छ ।

सम्मानित हुनेहरूमा विकास रानाभाट, प्रमिला के.सी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत छन् । बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले उनीहरूलाई सम्मानित गर्नाका साथै कर्मचारीहरूको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन सफल हुनुहुने कर्मचारीहरूप्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै अबको यात्रामा पनि सोहि अनुरूपको योगदान रहनेमा विश्वास प्रकट गरे ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

सोही मान्यता अनुरूप भर्खरै मात्र ज्योति विकास बैंकले १५ जना शारीरिक रूपले भिन्न रूपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो ।

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको  हक हितमा  योगदान पुर्याउन  ज्योति  विकास बैंक  सदैव प्रतिवद्ध रहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari