stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण हिमालयन एभरेष्ट इन्स्योरेन्सले  सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको देखिएको छ ।

तथ्याङ्क अनुसार कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६२।९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २३ करोड ७ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षकोे चैत मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन २४.८ प्रतिशतले बढेर २ अर्ब १६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय १ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनामा कम्पनीकोे खुद बीमा शुल्क ६६ करोड ४३ लाख रुपैयाँबाट बढेर ८३ करोड ६४ लाख रुपैयाँ पुगेको हो ।

यता, कम्पनीको बीमा कोष भने १०.९ प्रतिशतले घटेर ३ अर्ब ७३ करोड २१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १३.७४ रुपैयाँबाट बढेर ३२.३५ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीले यस अवधिमा बीमा पोलिसि १ लाख ५५ हजार ६१३ जारी गरेको छ ।

prabhu mahalaxmi
kumari