stcnepal long ad
ime life insurance
global ime bank long

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३–२ को जित दर्ता गरेको हो ।

आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं मिनेटमा पूर्व चेल्सी खेलाडी क्यालम हड्सन ओडोइले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

तर ८० औं मिनेटमा रहिम स्टर्लिङले बक्सको बायाँ भागबाट राम्रो फिनिश गर्दै बराबरी गोल गरेका थिए । त्यसको दुई मिनेट पश्चात रिस जेम्सको क्रसमा निकोलस ज्याक्सनले हेडर मार्फत गोल गर्दै चेल्सीलाई जित दिलाए ।

जित पछि चेल्सी ३६ खेलमा ५७ अंक सहित सातौं स्थानमा रहेको छ । पराजित फरेस्ट भने ३७ खेल खेल्दै २९ अंक सहित १७औं स्थानमा छ ।

prabhu mahalaxmi
kumari