stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेरोअटो मोटर ¥यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेरोअटो मोटर ¥यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ ।

अटोमोटिभ्स प्रा लि ले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर ¥याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने भएको हो ।

¥यालीको फ्यागअफ नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने ¥याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच ¥यालीको समापन गरिने छ ।

¥यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन् ।

¥यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको बताए ।

‘आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत ४ वषदेखि मेरोअटो मोटर ¥याली आयोजना गर्दै आएका छौं,’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मोटर ¥यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

¥यालीको प्रायोजकमा साइमेक्स इंक (बीवाइडी), लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई) र पारामाउन्ट मोटर्स (एमजी) रहेका छन् ।

त्यस्तै, सपोटरहरूमा टाटा टियागो ईभी, सीजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैंक, ओमोडा, फेसियल हाउस, टोयोटा, मेगा बिजनेश ग्रुप रहेका छन् ।

त्यसैगरी, बैंकिङ पार्टनरमा सिटिजन्स बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), लिकर पार्टनर नेप्से बुल, बेभरेज पार्टनरमा हिमालयन प्रिमियम बियर, फूड पार्टनर फूडमाण्डू, इन्टरटेनमेन्ट पार्टनर आइएनआइ सिनेमा, ल्युब पार्टनर नेपाल ल्युब आयल, हस्पिटालिटी पार्टनर होटल मोनालिसा (सौराहा) रहेका छन् ।

मेरो अटोले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वैशाखमा मोटर ¥याली आयोजना गर्दै आएको छ । पहिलो संस्करण (२०७८) काठामाडौं–सुकुटे, दोस्रो संस्करण (२०७९) काठमाडौं–मूलकोट र तेस्रो संस्करण (२०८०) काठमाडौं–नुवाकोट सम्पन्न भएको थियो ।

‘¥यालीलाई स्वागत गर्न तयार छौं’

¥यालीको हस्पिटालिटी पाटर्नर होटल मोनालिसा, सौराहाले ¥यालीका सहभागीहरूलाई सत्कार गर्न आफू उत्साहित रहेको बताएको छ । होटलका ग्रुप जनरल म्यानेजर कुमार कोइरालाले पर्यटकीय नगरी सौराहामा ¥याली गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिए ।

‘मेरोअटोले मोटर ¥यालीमार्फत पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो वर्ष चितवन रोजेकोमा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘¥यालीमा सहभागीलाई आतिथ्य सत्कारका लागि मोनालिसालाई अवसर दिएकोमा मेरोअटोप्रति आभारी छु ।’

 

prabhu mahalaxmi
kumari