stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति

राष्ट्र बैङ्कले आगामी नोट छपाइ चक्रका लागि पाँच रुपियाँ, १० रुपियाँ र एक सय रुपियाँ दरका बैङ्क नोटको छपाइ प्रक्रिया अगाडि बढाएको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति भइसकेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कको चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको बैङ्क नोटको छपाइ गर्न छपाइ कम्पनीसँगको करार सम्झौता बमोजिम नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति भएको हो ।

यस्तै राष्ट्र बैङ्कले आगामी नोट छपाइ चक्रका लागि पाँच रुपियाँ, १० रुपियाँ र एक सय रुपियाँ दरका बैङ्क नोटको छपाइ प्रक्रिया अगाडि बढाएको छ । साथै, चालु सिक्का टकमरी अन्तर्गत टकमरी कम्पनीसँगको सम्झौताबमोजिम एक रुपियाँ दरको २३ करोड थान र दुई रुपियाँ दरको आठ करोड थान सिक्का टकमरी भई प्राप्त भएको छ ।

विद्यमान मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्य अनुरूप आठ थान ‘बैङ्क नोट श्रेडिङ एन्ड ब्रिकेटिङ’ खरिद गरी थापाथलीस्थित निर्माणाधीन भवन तथा प्रदेशस्थित कार्यालयमा जडान गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क नोट श्रेडिङ एन्ड ब्रिकेटिङ  मेसिनबाट उत्पादित ब्रिकेट बिक्री गर्ने व्यवस्था समेत  मिलाइएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाली बैङ्क नोटको गुणस्तर अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यसै क्रममा चालु नोट छपाइ चक्रमा छपाइ हुने बैङ्क नोटहरूको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने सबै जसो प्राविधिक स्पेसिफिकेसनलाई निरन्तरता दिइएको छ ।

आठ स्थानमा रहेका नोट कोष र वाणिज्य बैङ्कमा रहेका ७२ वटा नोट कोष मार्फत बैङ्क/वित्तीय संस्था, सहकारी र सरकारी निकाय तथा सर्वसाधारणलाई आवश्यक पर्ने मुद्राको सहज आपूर्ति हुँदै आएको राष्ट्र बैङ्कले जनाएको छ ।

तोकिएका वाणिज्य बैङ्कमा रहेका विभिन्न शाखा कार्यालयबाट भइरहेका नोट कोष कारोबारको रियल टाइमको अद्यावधिक विवरण सहितको रिपोर्ट अनलाइन मार्फत तत्काल प्राप्त गर्न २०८० साउन १ गतेदेखि ‘नोट चेस्ट ट्रान्जेक्सन सफ्टवेयर’ सञ्चालनमा ल्याइएको राष्ट्र बैङ्कले जनाएको छ ।

prabhu mahalaxmi
kumari