stcnepal long ad
ime life insurance
global ime bank long

थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा

हकप्रद सेयर जारी गर्ने,

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ ।

तर कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् । साधारण सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहनस् ११ बजेदेखि सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari