stcnepal long ad
ime life insurance
global ime bank long

तेस्रो लगानी सम्मेलन सुरु, लगानीकर्ताका लागि महत्वपूर्ण अवसरः अर्थमन्त्री

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । काठमाडौंमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

उद्घाटन क्रममा अतिथिहरुलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले लगानीका लागि नेपाल उपयुक्त देश रहेको बताए। ‘यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर पनि हो’, उनले भने।

अर्थमन्त्री पुनका अनुसार सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजना सोकेसमा राखिनेछन्। ‘हालैका वर्षहरुमा नेपालको अर्थतन्त्रका सूचकहरुमा सुधारउन्मुख रहेको छ’, उनले भने, ‘अहिले नेपालको औद्योगिक र पूर्वाधार क्षेत्रमा लगानीका लागि उपयुक्त छन्।’

पछिल्ला केही वर्षदेखि नेपालले स्वच्छ ऊर्जा, आईटी, पर्यटन, कृषि, एग्रोमा आधारमा उद्योगहरुमा फड्को मारिरहेको अर्थमन्त्री पुनको दाबी छ। ‘हामी विदेशी लगानीकर्तालाई स्वागत गर्न चाहन्छौँ’, उनले भने। सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी छन्।

prabhu mahalaxmi
kumari