stcnepal long ad
ime life insurance
global ime bank long

भ्रष्टाचार आरोपमा प्रहरीले दुई कम्प्युटर इन्जिनियरलाई पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। प्रहरीले दुई कम्प्युटर इन्जिनियरलाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागमा १० वर्षदेखि करारमा कार्यरत रहेका हरिश भट्टलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अर्याललाई शनिवार राति र भट्टलाई शनिबार विहान पक्राउ गरेको थियो।

सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ परेका हुन्। अर्यालको सूचना प्रविधि विभागबाट हालै तीन महिनाका लागि काजमा अख्तियारमा सरुवा भएको थियो।

यातयात व्यवस्था विभागले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुलाई थप अनुसन्धान लागि पक्राउ गरिएको सिआइबीले जनाएको छ।

‘उहाँहरुसँग नक्कली लाइसेन्स वितरणबारे केही बुझनुपर्ने अवस्था आयो त्यही भएर ल्याइएको हो’, सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले भने। अवैध तरिकाले स्मार्ट लाइसेन्स वितरण धन्दामा यातायात व्यवस्था विभागका दुई उपसचिव र पाँच कम्प्युटर इन्जिनियर प्रत्यक्ष संलग्न भएको बुझिन आएको छ।

अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशक पदमा श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत थिए।

त्यस्तै कम्प्युटर इन्जिनियर पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैब, सन्तोष पोखरेल र सुरजप्रकाश अर्याल कार्यरत थिए । महर्जन उपसचिवमा बढुवा भइसकेका छन्।

विगत आठ वर्षको अवधिमा १ लाखभन्दा बढी स्मार्ट लाइसेन्स अवैध तरिकाले जारी भएको प्रतिवेदनमा उल्लेख छ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम (इडिएलभिआरएस) प्रणालीमा शंकास्पद रूपमा भण्डारण गरिएका तथ्यांक छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा मिलेमतोमा लाइसेन्स बिक्रीवितरणमा प्राविधिकहरू मात्र होइन, महानिर्देशकहरूको समेत संलग्नता रहेको पाइएको विभाग स्रोतले जनाएको छ।

prabhu mahalaxmi
kumari