stcnepal long ad
global ime bank long

बैङ्क तथा वित्तीय संस्थाले ११ खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन

समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ४६ करोड बिक्री गरी तीन खर्ब २७ अर्ब चार करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थाले ११ खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन गरेका छन् ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधा मार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधा मार्फत पाँच खर्ब ६१ अर्ब ४१ करोड गरी कुल पाँच खर्ब ६२ अर्ब ६१ करोड कारोबारमा आधारित तरलता उपयोग गरेका छन् ।

यस्तै निक्षेप सङ्कलन बोलकबोल मार्फत पाँच खर्ब ९३ अर्ब पाँच करोड र स्थायी निक्षेप सुविधा मार्फत पाँच खर्ब ६६ अर्ब ८० करोड गरी कुल ११ खर्ब ५९ अर्ब ८५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरण मार्फत खुद ३६ खर्ब ९२ अर्ब २८ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर तीन अर्ब ७४ करोड खुद खरिद गरी चार खर्ब ९६ अर्ब ६६ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ७० करोड खुद खरिद गरी चार खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ४६ करोड बिक्री गरी तीन खर्ब २७ अर्ब चार करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब आठ करोड बिक्री गरी चार खर्ब एक अर्ब ६२ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

IME Lifesidebar
kumari