stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ब्राइटनलाई हराएर आर्सनल शीर्षमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्सनलले २० वर्षयता पहिलो पटक इंग्लिस प्रिमियर लिग जित्ने सपनालाई कायम राख्दै शनिबार ब्राइटनमाथि ३–० को प्रभावशाली जित निकालेको छ । यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

यो जितमा बुकाया साका, काइ हार्भटेज र लियान्ड्रो ट्रोसार्डले गोल गरे । यससँगै आर्सनलको ३१ खेलबाट ७१ अंक भयो । तेस्रोमा रहेको म्यानचेस्टर सिटीले अर्को खेलमा क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गर्‍यो । सिटीको ७० अंक छ ।

शनिबारका अन्य खेलमा एभरटनले बर्नलीलाई १–०, न्युकासल युनाइटेडले फुलहमलाई १–०, लुटन टाउनले बर्नमाउथलाई २–१ र वेस्ट ह्यामले उल्भ्सलाई २–१ ले हरायो । एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ को बराबरी खेले ।

prabhu mahalaxmi
kumari