stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजको मौसमः हिमालमा हिमपात, तराईमा हावा–हुरी र पहाडामा वर्षाको सम्भावना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सफा रहको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भु(भागका तराईका केही स्थानहरुमा हावा/हुरीको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

आज राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू(भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari