citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (चैत २२ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

यसमा न्यूनतम १२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

आवेदकले  एनएमबि क्यापिटल,  बालुवाटार  काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ । बैंकले चैत १६ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको हो ।

IME Life
kumari