citizens life insurance long ad
stcnepal long ad

उपत्यका बाहिर जाने पास लिन नयाँ नियम सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ। सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनु पर्नेछ।

ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नु पर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ।

निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैँले प्रिन्ट गरी निवेदन सहित दिनुपर्ने छ।

निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिस वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपी समेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ।

यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा

IME Life
kumari