stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको करिब साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता शेयर बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा हाललाई प्रभु बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari