stcnepal long ad
ime life insurance
national life
global ime bank long

चालु आर्थिक वर्षको ७महिना माघसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १२ प्रतिशतले बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना माघसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १२ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) कम्पनीहरुको बैंकहरुमा लगानी १२।१ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ६० अर्ब ६५ लाख रुपैयाँ पुगेको छ।

गत असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड रुपैयाँ लगानी रहेको थियो। यो ७ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी ६० अर्ब ५० करोड रुपैयाँले बढेको छ।

यसैगरी यो ७ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २५।३ प्रतिशतले बढेर १ खर्ब ६७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

गत असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो। सञ्चय कोषको लगानी ७ महिनामा ३३ अर्ब ८५ करोड रुपैयाँले बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १.१ प्रतिशतले घटेर ९८ अर्ब ४० लाख रुपैयाँमा झरेको छ।

गत असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड रुपैयाँ थियो। कोष लगानी भने १ अर्ब ७ करोड रुपैयाँले घटेको छ।

यो ७ महिनाको अवधिमा व्यक्तिगत निक्षेपको आकार पनि ७।४ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ५९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ३८ खर्ब २२ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो।

चैतमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। तर, संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। यो हिसाबले बैंकहरुमा लगानी गर्ने संस्थागत लगानीकर्ताको प्रतिफल बढेको छ।

IME Lifesidebar
kumari