citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते लुम्बिनीमा हुने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशन आउँदो वैशाख २१ र २२ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको तिथि मिति टुङ्गो लगाएको हो ।

महासंघका महासचिव रोशन पुरीका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशन भएको एक महिनापछि महासंघको ८नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ ।

 

himalayan life insurance
igi long