stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपवर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत्र ७ गते) अन्तिम दिन रहेको छ ।

यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा शेयर निष्काशन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हाल कायम चुक्ता पूँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

यसका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरेको थियो । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले शेयरका लागि आवेदन दिन पाउनेछन् ।

केयर नेपाल रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिमको संकेत गर्दछ । हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

खरिदकर्ताले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रीय कार्यालय, ग्लोबल आइएमई बैंक र मुक्तिनाथ बैंकका तोकिएको शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीद्वारा र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari