stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरले सहकारीहरुले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत नै जोखिममा पर्ने बताउँदै कर्जा तिर्न महानगरले आग्रह गरेको हो ।

महानगरले एक सूचना जारी गर्दै ऋण तिर्न अनुरोध गरेको हो । ‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ’, सूचनामा उल्लेख छ ।

IME Lifesidebar
kumari