citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ ।

यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यसमा आज(चैत ५ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

himalayan life insurance
igi long