stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिप्रोक्स लघुवित्तको चैत २५ गते २२औं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा चैत २५ गते गर्ने भएको छ । लघुवित्त वित्तीय कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु लघुवित्तको साधारण सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारणसभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजे शुरु हुने जनाएको हो ।

IME Lifesidebar
kumari