citizens life insurance long ad
stcnepal long ad

एटिक ग्रुप र सांग्रिला डेभलपमेन्ट बैंकबीच सेवा विस्तार गर्ने सहमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एटिक ग्रुप प्रा.लि. र सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुको लागि आतिथ्य अनुभव बढाउने उद्देश्यले रणनीतिक साझेदारी स्थापना गर्न समझदारी (एमओयु) पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापछि दुवै संस्थाका ग्राहकहरुले विशेष लाभहरु लिन सक्नेछन् ।‘हामी सांग्रिला डेभलपमेन्ट बैंकसँगको यो साझेदारी सुरु गर्न पाउँदा उत्साहित छौं, ’एटिक ग्रुपका बिजनेस डेभलपमेन्ट प्रमुख सदीक्षा ओझाले भनिन् ।

‘आतिथ्य सेवामा हाम्रो विशेषज्ञतालाई सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय कौशलतासँग जोडेर हामी हाम्रा ग्राहकहरुलाई अनुपम अनुभव दिने लक्ष्य राख्छौं’, ‘एटिक ग्रुप प्रालिका महाप्रबन्धक सन्दीप थापाले भने ।

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकका क्लस्टर प्रबन्धक सुप्रिया श्रेष्ठले उत्साह व्यक्त गर्दै भनिन्, ‘एटिक ग्रुपसँगको यस सहकार्यले हाम्रा आतिथ्य प्रस्तावहरुलाई अभिवृद्धि गर्ने र हाम्रा ग्राहकहरुलाई असाधारण अनुभवहरु प्रदान गर्ने रोमाञ्चक अवसर प्रदान गरेको छ । हामी यसको सदुपयोग गर्न प्रतिबद्ध छौं ।’

IME Life
kumari